सरकारको नकारात्मक टिप्पणी गरे कर्मचारी र शिक्षकलाई कारबाही



काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारी तथा शिक्षकहरुलाई सरकारको नकारात्मक टिप्पणी गर्न निषेध गरेको छ । सामाजिक सञ्जाल तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५ जारी गरी सरकारका नीति, राजनीतिक दलका नेता, विशिष्ट व्यक्तिहरुको नकारात्मक टिप्पणी गर्न रोक लगाएको हो । 

मार्गनिर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत कारर्यरत कर्मचारीहरु, विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरुले समाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्दा प्रोफाइ आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण ठीक तथा साँचो राख्नुपर्ने उल्लेख गरेको छ ।

कात्तिक १३ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सो मार्गनिर्देशनले सरकारका कार्यक्रम, नीतिलाई सकारात्मक टिप्पणी गर्न रोक लगाएको छैन । तर, नकारात्मक टिप्पणी लाइक, र सेयर गर्नसमेत रोक लगाएको छ। 

मार्गनिर्देशनमा भएको व्यवस्थाविपरीत काम गरे साइबर लअन्तर्गत कारबाही हुन सक्ने उल्लेख गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्