धनगढीमा हावाहुरीको वितण्डा



कैलाली : सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा विहीबार साँझ चलेको हावाहुरी कारण विभिन्न ठाउँमा क्षति पुगेको छ ।  हावाहुरीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ, क्षति भएको ठाउँमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ ।

हावाहुरीले रुख ढलेको, घरका  छानो उडाएको तथा विजुलीको पोल समेत ढलेको प्रहरीले जनाएको छ । विजुलीका पोल ढल्दा केही ठाउँमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ ।

 बाईक सवार २ जना रुखले च्यापेर गम्भीर घाइते भएका छन। उनीहरूलाई  सेती अञ्चल अस्पतालमा उपचार गरिदैछ। ३० मिनेट भन्दा भन्दा बढी समय हुरी बतास चलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्