चट्याङ-हावाहुरीले डोटी र कैलालीमा १७ घाइते



कैलाली : कैलाली र डोटीमा बिहिबार साझ परेको चट्याङ र हावाहुरीमा परी १७ जना घाइते भएका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।

बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल तर्फ गईरहेको उपरिक्षक माझीले बताए ।

कैलालीमा चलेको हावाहुरीले ११ घाईते भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। तराईका जिल्लामा करिब एक घण्टासम्म चलेको भिषण हावाहुरीले थुप्रै घरको छाना उडाउनुका साथै ठाउ ठाउमा रुख ढलेर बाटो अबरुद्ध भएका छन् ।

कैलालीमा घाईते हुनेमा धनगढी उपमहानगर-१ का ३८ वर्षीय चन्द्रबहादुर पार्की, वडा नम्बर ३ का २८ वर्षीया खुमकुमारी अधिकारी, ४ का २१ वर्षीया मजु चौधरी, ४ कै २४ वर्षीय पदम बिक, ५ का २६ वर्षीय राजेन्द्र रोकाया, गोदावरीका १२ बर्षीय गौतम मल्ल छन् ।

मल्लबाहेक सबैको सेती अंचल अस्पतालमा उपचार भैरहेकोछ । मल्लको भने टाउकोमा चोट लागेकाले थप उपचारका लागि बाहिर पठाइएको छ । हावाहुरीका कारण ठुलो जनधनको क्षती हुनसक्ने अनुमान प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्