मधेस प्रदेशः १४ जनामा ओमिक्रोन पुष्टि



जनकपुरधाम । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेस प्रदेशमा पनि देखिएको छ ।
मधेस प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए । ५२७ जनामा परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको उनले बताए ।
पछिल्लो समय मधेस प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिएका छन् । बिहीबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
हाल यस प्रदेशमा १ हजार २११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये आईसीयूमा २ जना, एचडीयुमा ४ जना र बाँकी होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्