स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना प्रहरीको नियन्त्रणमा



सप्तरी : सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा डाक्नेश्वरी-५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राजविराज-हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नौ लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

स्रोत नखुलेको अबैध रुपैयाँ मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्