मेलम्चीको पानी यसै वर्षभित्र आउने प्रधानमन्त्रीको प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् ।
राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।
मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्