उपत्यकामा एकाबिहानै हावाहुरीसहित वर्षा, यस्तो छ आजको मौसम



काठमाडौं : देशभर बिहिबार रातिदेखि नै मौसम खराब भएको छ । आज (शुक्रबार) एकाबिहानै काठमाडौं उपत्यका र आसपासमा तीव्र हावाहुरीसहित ठूलो वर्षा भएको छ । आकाशमा डम्म बादल लागेको छ । 

ठाउँठाउँमा हावाहुरीले रुखका हाँगाहरु भाचिएर सडकमा खस्दा सडकसमेत अवरुद्ध भएको छ । 

यसअघि सुदूरपश्चिम र मध्यपश्चिमका केही ठाउँमा बिहीबार राति हावाहुरीसहित वर्षा हुँदा ठूलो जनधनो क्षती पुगेको छ । कैलाली र कञ्चनपुरमा व्यापक क्षति पुगेको छ ।

Image result for हावाहुरीसहित वर्षा

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरिको मौसममा बदली हुनेछ । देशका पूर्वी भू-भागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू-भागका स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने बताइएको छ ।

हावाहुरीसहित वर्षा हुने भएकाले सतर्क रहन  मौसमविद्हरुले सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्