मन्त्री रेणु यादवविरुद्ध युवा संघद्वारा प्रदर्शन



जनकपुरधाम । एमालेको भातृसंगठन युवा संघ नेपाल, मधेश प्रदेशले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेको छ । सीके राउतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको विरोधमा संघले शुक्रबार जनकपुरधाममा प्रदर्शन गर्दै राजीनामा मागेको हो ।
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकारविरुद्ध कडा नारावाजी समेत गरेका थिए । प्रधानमन्त्रीले मन्त्री यादवलाई बर्खास्त नगरे कडा आन्दोलन गर्ने चेतावनी युवा संघ, मधेश प्रदेशका अध्यक्ष जानी खानले दिए । मन्त्री यादवको विरुद्धमा युवा संघ नेपालले महोत्तरीको जलेश्वर तथा सप्तरीको राजविराजमा पनि प्रदर्शन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्