काठमाडौँमा आज ४ हजार २ सय ७९ जना कोरोना संक्रमित



काठमाडौँ : आज देशैभरी भेटिएकामध्ये आधा कोरोना संक्रमित काठमाडौँका रहेका छन् । काठमाडौँमा आज ४ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ४ हजार २ सय ७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५ सय ६७ जनामा कोरोना पुष्टि भएको हाे ।

यो संगै उपत्यकामा ५ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशैभरि १० हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्