रासायनिक मल किन्न ३ अर्ब रुपैयाँ थप



काठमाडौँ : सरकारले रासायनिक मल खरिदका लागि ३ अर्ब रुपैयाँ थप गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै रासायनिक मल खरिदका लागि वार्षीक बजेटमा ३ अर्ब थप गरिएको बताएका हुन् ।

उनले मलखाद आपुर्तिमा अपुग रकमको जोहो गर्दै सरकारले कृषी मलखाद छुट्याएको १२ अर्ब रुपैयाँको अनुदानमा ३ अर्ब थप गर्दै १५ अर्ब पुर्याएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्