कैलालीमा हावाहुरीको वितन्डा : मृत्यु हुनेको संख्या २ पुग्यो, १ सय ९ जना घाइते (फाेटाेफिचर)



टीकापुर :  गएराति आएको भिषण हावाहुरीका कारण कैलालीको टीकापुरमा एकजनाको मृत्यु भएको छ भने कयौं घरका छाना उडाएका छन्। हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका ५१ वर्षीय लहानु चौधरीको मृत्यु भएको हो। 

मृतकका आफन्त दीपक चौधरीले दिएको जानकारीअनुसार कुखुराको खोरमा बसेका चौधरीको हावाहुरीले खोरको भित्ता भत्किँदा घाइते भएका थिए। घाइते चौधरीलाई उपचारका लागी नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृतक चौधरीको शव टीकापुर अस्पतालमा राखिएको छ। 

बिहीबार साझँ हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। कैलालीका एसपी सुदीप गिरीकाअनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए। हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा ३३ जना बढी घाइते भएका छन्।

गम्भीर चारजनालाई उपचारका लागि भारत र नेेेपालगन्ज पठाइएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। अहिले दुबै जिल्लामा विद्युत भने अवरुद्ध छ ।

फाेटा हेर्नुहाेस्

 

हावाहुरीले टीकापुर नगरपालिकाको विजयनगर, शक्तिनगर, एकतापुर लगायतका सुकुम्बासी बस्तीका सयौं घरको छाना उडाएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्