काभ्रे जिल्ला प्रशासनको अत्यावश्यकबाहेकका सेवा बन्द



काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यकबाहेकका सेवा ६ दिनका लागि बन्द गरिने भएको छ । कार्यालयका केही कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

आज एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।

अत्यावश्यक सेवा वाहेकका कार्यालयबाट प्रदान गर्ने अन्य नियमित सेवाहरु नयाँ नागरिकता वितरण प्रतिलिपि नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्यहरु, नाबालक परिचय पत्र, राहदानी, राष्ट्रिय परिचय९पत्र कार्य बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्