नेपाल पुलिस आहा रारा गोल्डकपको क्वार्टर-फाइनलमा



पोखरा : नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर-फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर-फाइनलमा पुगेको हो । वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि पुलिस फुटबलको क्वार्टर-फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेट एकरएक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० गोलले हराउँदै एपीएफ क्वार्टर-फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । अब, पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार एक खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्