प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वंदलीय बैठक बोलाएका हुन् ।
शुक्रबार साँझ बसेको पाँच दलको बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्न कानुनविद्हरुसँग परामर्शन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाले पनि राष्ट्रका नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने बताएका थिए ।
यसअघि नेकपा एकीकृत समाजवादी सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको एमालेले शनिवारको बैठकमा सहभागिताबारे प्रष्ट पारेको छैन । यसअघि नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए । एमालेले भने आफूले कारवाही गरेका सांसदहरुलाई सभामुख, सरकार मिलेर पार्टी विभाजनमा प्रयोग गरेको भन्दै सरकारले बोलाएका बैठक तथा संसद समेत अवरोध गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्