माओवादी नेता पुन सोमबार नेपाल फर्किंदै



काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन माघ १० गते स्वदेश फर्कने भएका छन् । स्वास्थ्य उपचारका लागि चीनमा रहेका नेता पुनले आज सामाजिक सञ्जालमा स्टाटस राख्दै सोमबार स्वदेश फर्कने जानकारी गराएका हुन् । कमलपित्त रोगबाट पीडित उनी केही हप्ता अघिदेखि चीनमा उपचार गराउँदै आएका थिए ।

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ । नेता पुन पर्सि सोमवार साँझ हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको छ ।

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुन महासचिवका प्रबल दाबेदार हुन् । उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्