मन्त्री यादवको बर्खास्ती माग गर्दै युवा संघद्वारा प्रदर्शन



गौर । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ ।
हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।
संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन् । एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्य समेत रहेका संघका केन्द्रिय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे । साथै गौर हत्याकाण्डको फाइल पुनः खोलेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
गत माघ ५ गते मन्त्री यादवले पुनस् गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि संघले मधेशभर प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्