परदेश




काठमाडौ ।
विहानीपख बाहिर सिमसिम पानीे परिरहेको छ , उसैपनि चिसो मौसम त्यसैमाथि पानी परेको कारण उसलाइ खासै ओछ्यान छोड्न मनलागिरहेको छैन । जब उँ आफ्नो घरमा थियो ,आफ्नो देशमा थियो आमाले हरेक विहान घरको मझेरीबाट चिया पिउन आवज दिनु हुन्थियो । आमाको ‘चियाँ पिउन तल आइज बाबु भन्ने’ एक आवाजमा मझेरीसम्म पुगेको याद आउँछ उसलाइ ।
नेपाल हुदा दैनिक ७ कपसम्म चिया पिउँने बानी भएको उ परदेश लागेपछि लगभग चिया उसले बिर्सिनै सकेजस्तो भएको छ ।

सुत्ने , उठ्ने र खाना खाने समयको समेत टुङ्गो नभएको धेरै भइसकेको थियो उसको । ६ दिनदेखि आँखाले रातीको निन्द« महशुस गर्न पाएको छैन रातभरको डिउटी दिनभरीको पढाइबाट आज भने उ फुर्सदिलो भएको छ। आइतबार भएकोले कलेज बिदा थियो कामबाट पनि छुट्टी लिएपछि निकै हलुका महसुस भएको छ आज उसलाइ । आज धेरै कामहरु गर्नु छ पन्ध्र दिनभइसकेको थियो आमाको आवज नसुनेको उठ्न जागर चलेन यसैले ओछ्यानबाटै घरमा फोन लगाउने कोसिस गर्छ उ । बल्ल तल्ल फोन टिप्ने गाउँघरमा इन्टरनेटको पहुँचकहाँ सजिलै हुन्थियो र । बिहानीपख आमा माथि खरबारीमा घासँकाट्न आउँदा मोवाइल ल्याएर फोन गर्ने गरेको हुनाले त्यहि आशबोकेर फोन गरेको थियो तर आमा सगँ कुराहुन सकेन उसलाइ मन कुडिँएर आयो मोवाइल फ्यात्त फालेर उठ्छ उ ।

उठेर छेउको दराज तिर जान्छ जसमा फोहोर भएर राखेको कपडाको थुप्रोले दराज भरिएको छ । धेरै दिनबाट भोली धुन्छु भन्दै राखेका कपडाहरुले दराज गनाउँन थालिसकेको थियो । घरमा हुदाँ उसले कहिले आफ्नो कपडा धोएको थिएन जत्तिनै ब्यस्त भएपनि दुइदिन लगाएपछि आमाले मागेर धोएको सम्झन थाल्छ । दराजको कपडा समेटेर वासिङ मेसिन मा लगेर धुन हालिदिन्छ । घडिमा ९ बजिसेको हुन्छ भोकले उसको पेटमा असह्य हुनथालेपछि विस्तारै किचन तिर जानलागेको मात्र थियो म्यासेन्जरमा घन्टी बज्छ आमाको फोन होला भनेर उसको खुशिको सिमानै रहदैन । तर फोन त पल्लो घरको ठूलोबुवाले गर्नु भएको रहेछ जो बर्षेैदेखि काठमाडौको आलिसान महलको मालिक हुनुहुन्थिो । फोन उठाएर नमस्कार ग¥यो उसको नमस्कार फर्काउन नपाउँदै ठूलोबुवाले प्रश्न गर्नु भयो ‘ बाबु कति कमाएको छौ त पैसा ।’ उसले फिस्स हास्दै भन्यो छैन ठूलोबुबा के कमाउनु र धेरै गाह्रो छ यहाँ । फेरी उताबाट उत्तर आयो के गाह्रो हुन घुमेको छौ , खाएको छौ मज्जाले पैसा कामएको छौ हामीलाइ दिनु पर्देन नि कमाएको छु भनेपनि । हिजो फोटोमा देखेको साह्रै मोटाएछौ पैसा नकमाइ आन्नद नभइ कोही मोटाउँछ ।
उहाँले यत्तिभन्ने बित्तिकै बुवालाइ उपचारको लागि खर्च पठाउँन नसकेर गाउँमै पीडा सहेर बस्नु भएको कुरा झल्यास सम्झिन पुग्यो । संसारलाइ नै अस्तव्यस्त बनाएको कोरोनाले ३ वटा काम गरिहेको उ एउटा काम गरेर चित्त बुझाउँदै थियो ।


केही महिना अगाडी कलेजले घुमाउन लैजादा खिचेको एउँटा फोटो हिजो फेसबुकमा पोस्ट गरेको थियो उसले । सामाजिक संजालमा राखेको एउँटा फोटो मा खुशि र सुखि देख्ने ठूलोवुवाले भिडियो कलमा बोल्दै गरेको उसको आखाँ रातो भएको , हरेक रात अनिदो रहदा डार्क र्सकलले कालै बनाएको, अनिदो र समयमै खाना खान नपाउँदा भएको त्यो थकित र मलिन अनुहार देख्नु नै भएन । उसले बिस्तारै भन्यो अलिअलि त कमाइ हुन्छ नै, तर कलेजखर्च ,बस्ने खाने र उसैको जिम्मा मा रहेको परिवारको खर्चलाइ धान्न समेत धौधौ भएको समस्या ठूलोबुवालाइ सुनाउनु उचित लागेन उसलाइ । उसले देश छोडेको ४ बर्ष भइसकेको थियो यो अवधिमा कयौ पटक विरामी परेको छ उ, धेरै अधिकाशं रातहरु अनिदो बसेको र एउँटा सुख्खा पाउँरोटीमा छाक टारेको थियो । त्यो विवशता हरेक दिनहरु एक्लोपना, चिन्ता कायौ चाडवर्पहरुमा हरुको काममा व्यस्त भएर आफैलाइ विर्सिसकेको त्यो अनुहार पढ्न सायद ठूलोबुवाले सक्नु नै भएन ।

थोरै मुस्कुराएको , राम्रो कपडा लगाएर महँगो फोनले खिचेको त्यो फोटोमा अमिल्दो खानपान र अस्तव्यस्त जिवनशैलीले थुप्रिको मासुलाइ पैसाले खुशि दिएको सम्झिने हामीलाइ के जवाफ दियोस उसले । गाउँ छोडेर शहर पस्ने बित्तिकै सुख र देश छोडेर विदेश जाने बित्तिकै पैसाको थुप्रो हुन्छ भन्ने मानसिकता को अगाडी उसले आफ्नो विवशता देखाउन जरुरी ठानेन । करिब १ घण्टाको फोन मा उसलाइ ठूलोबुवाले काठमाडौ को घर र जग्गाको मूल्याङ्कन सुनाउनु भयो, गएदेखिको आम्दानी सोध्नु भयो , पैसा पठाए आफूले लगानी गर्दिने समेत भन्न भ्याउनु भयो तर बाबु तिमीलाइ कस्तो छ तिमी त्यहाँ खुशि त छौ भन्ने प्रश्न उहाँको शब्दकोषमा नै भेटिएन् ।


तिमी उहाँ छौ तर बैनी त यहाँ काम गर्दै पढ्ने रैछ तिमी कस्तो निर्दयी दाजु भनेर बैनीप्रति लापरबाही भएको आवास समेत दिलाइ दिनु भयो । तर आफ्नो क्षमता मा बैनीले काम गर्छ भने तिमीलाइ सजिलो हुन्छ परिवारको जिम्वेवारी बाडफाड हुन्छ भन्ने उहाँको सोचाइ फिटिक्कै आएन्। विदाको दिन खुशि र चंगा हुदै उडेको उसको मन ठूलोबुवाको सबै कुराले खिक्रिक बनाइदियो । फोन राखिसकेपछि उसले सोच्यो सयद उहाँले तिमी के चाहान्छौ भन्नु हुन्थियो भने यो परदेश आउँने बाध्यता तोडेर मेरो देश मै ,मेरो परिवारमै खुशि भएर बस्न चाहानेथिए छिट्टै आउन चाहान्छु भन्थे।

प्रतिक्रिया दिनुहोस्