कोरोनाका कारण एकैदिन १६ जनाको मृत्यु : १० हजार २५४ संक्रमित



काठमाडौँ : कोरोना संक्रमणका कारण नेपालमा आज एकैदिन १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभरीमा १६ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा १० हजार २५४ जननामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै आज  ७०८ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमितमध्ये ५ हजार ३०६ जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै आज कास्कीमा ४ सय, मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा१४९, बाँकेमा १४८, मकवमानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

उपत्यकामा ५,३०६ संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा पाँच हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १० हजार २५४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै पाँच हजार ३०६ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै तीन हजार ७६२ जना छन् । यस्तै, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्