यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान : कहाँ कहाँ छ हावाहुरीकाे खतरा ?

मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्मै देशका अधिकांश भूभागमा मेघगर्जनसहित वर्षा हुने जनाएको छ। आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरीसहित मेघगर्जनसहित वर्षाको सम्भावना रहेको र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । आज राति पूर्वी भागका केही स्थान र पश्चिमी भूभागका केही स्थानमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसमी पुर्वानुमान यस्तो छ :

जारी मिति : जेष्ठ २४  गते (शुक्रवार): विहान ६:०० बजे

जेष्ठ २४ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी  र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका  आंशिक  वदली रही पश्चिमी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरि मेघ गर्जन सहित वर्षाको सम्भावना छ। देशका उच्च हिमालि भेगका केहि स्थनहरुमा हल्का हिमपातको संभावना छ ।

राति: देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी  भु-भागका थोेरै स्थानमा  मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।

जेष्ठ २५ गते (शनिवार):

दिउँसो: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने  र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २६ गते (आईतवार)

प्रतिक्रिया दिनुहोस्