नेपाल–भारत संयुक्त सैन्य अभ्यास हुने



काठमाडौं । नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास असोज ४ बाट भारतको पिथौरागढमा हुने भएको छ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास (एक्सरसाइज) सूर्य किरण’को नाम दिइएको छ ।
सैन्य अभ्यास मुख्यरुपमा प्रतिआतंकवाद र जंगल वारफेयरमा केन्द्रीत हुनेछ । भारतको उत्तराखण्डको पिथौरागढमा हुने अभ्याससूर्य किरणको यो १५ औं संस्करण हो । पिथौरागढमा असोज ४ बाट सुरु हुने सैन्य अभ्यास कार्तिक १३ गतेसम्म चल्नेछ ।
नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गर्नेछन् । नेपाली टोलीमा ३०० जनाको फौज हुनेछ । यस्तै भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज सैन्य अभ्यासमा सहभागी हुनेछ । यसअघि सूर्य किरणको १४ औं संस्करण नेपालमा भएको थियो । रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा ‘अभ्यास सूर्य किरण’को १४ संस्करण भएको थियो ।
त्यसअघि ‘अभ्यास सूर्यकिरण’को १३ औं संस्करण उत्तराखण्डको पिथौरागढमा भएको थियो । नेपालमा भएको १४ संस्करणपछि कोरोना भाइरस संक्रमणका कारण अभ्यास रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्