आज काठमाडौँ उपत्यकामा ५ हजार ३०६ जना कोरोना संक्रमित



काठमाडौँ : काठमाडौ उपत्यकामा आज ५ हजार ३ सय ६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ३ हजार ७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १ हजार ११० जना संक्रमित थपिएका हुन् ।

यस्तै आज देशभर १० हजार २ सय ५७ जनामा कोरोना पुष्टि भएको छ भने १६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्