यातायातमन्त्री यादवको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाले जनायो बिरोध



काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर राष्ट्रिय जनमोर्चाले आपत्ति प्रकट गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मन्त्री यादवले सिके राउतको हत्या गर्ने सम्बन्धी दिएको अभिव्यक्तिप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै विरोध जनाएका छन् ।

राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही नमान्ने बताउँदै सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही नभएको बताएको छ । साथै जनमोर्चाले मन्त्री यादवको त्यसप्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना समेत गरेको छ ।

बलिदानी दिवस मनाउन गत बिहीबार गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको अहिले सर्बत्र आलोचना भईरहेको छ भने राजीनामाको माग आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्