‘प्रधानमन्त्रीको सम्बोधन कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’



काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा.रावलले प्रधानमन्त्री देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधन कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो भएको टिप्पणी गरेका छन् ।

धानमन्त्री देउवाले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका थिए । उनले प्रधानमन्त्रीको सम्बोधन संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न कब्जियत भए जस्तो गरेको भन्दै व्यंग्‍य समेत गरेका छन् ।

डा. रावलले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्री मौन रहेको भन्दै आपत्ति समेत जनाएका छन् । प्रधानमन्त्रीलाई राष्ट्रियताको सवालमा बोल्न कसैले घाँटीमा अँठ्याए वा कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्