जनमत पार्टीले नै गौरमा हिंसा भड्काउन खोजेको जसपाको आरोप



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जनमत पार्टीका कार्यकर्ताले नै गौरमा हिंसा भड्काउन खोजेको आरोप लगाएको छ
बुधबार मन्त्री यादव गौरमा जाने क्रममा जनमत पार्टी कार्यालयले अवरोध गर्न खोजेका थिए । अवरोधका बीच कार्यक्रममा पुगेकी मन्त्री यादवले गौर घटना सम्झिँदै राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।
जसपाले शनिबार विज्ञप्ति जारी गरी बुधबार गौरमा जनमत पार्टीका कार्यकर्ताले हिंसा भड्काउन खोजेको आरोप लगाएको हो । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नगर्न सचेत गराइन्छ ।’
साथै जनमत पार्टीले गैर राजनीतिक क्रियाकलाप गरिरहेको भन्दै नियन्त्रण गर्न सरकारसँग पनि जसपाले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्