सांसदलाई ल्यापटप दिइँदै



 

  जनकपुरधाम :    प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । 

 

१ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ । 

 

सचिवालयसँग कार्यालय प्रयोजनका लागि विधुतीय उपकरण शीर्षकमा करिब २ करोड उपलब्ध रहेकोले ल्यापटप खरिद प्रक्रिया अघि बढाईने सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिउका छन् ।

 आजको अन्नपुर्ण पोष्ट दैनिकमा  यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्