मोटरसाइकल वर्कशपमा आलगागी हुँदा ३५ लाखको क्षति



जलेश्वर : महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति  आगलगी हुँदा ३५ लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गए राति आगलगी भएको थियो।

आगलागीबाट घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएको हो। गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए। आगलगीबाट मानवीय तथा पशुजन्य क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्