मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध



काठमाडाैंः पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ : ३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् । 

प्रतिक्रिया दिनुहोस्