चाबहिल र मित्रपार्कमा आकाशे पुल बन्ने



काठमाडौं । काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयको मागानुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समयअगावै निर्माणकार्य सम्पन्न हुने बताए ।
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ । २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्