मधेस प्रदेशले सच्यायो ‘चुच्चे नक्सा’



काठमाडौँ । तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ ।
मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुटी सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् ।
गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो बारे जानकारी दिने भन्दै प्रदेश सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो, जसको सार्वजनिक सामाजिक सञ्जालमार्फत झाले गरेका थिए ।
पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्थामा पनि मधेस प्रदेशले पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गरेपछि आलोचना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्