प्रचण्ड पत्नी सीता कोरोनाबाट संक्रमित



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ ।
‘ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत ३ दिनदेखि अस्पताल भर्ना गरिएको छ‚’ फेसबुकमा
प्रचण्डकी छोरी गंगा दाहालले लेखेकी छन्, ‘चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने छ ।’
सीता दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।

 

प्रतिक्रिया दिनुहोस्