अब आउने चुनावमा सशस्त्र प्रहरीको भूमिका अग्रणी : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अब आउने स्थानीय तहको निर्वाचमा स्वच्छ,मर्यादित बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा आइतबार प्रधानमन्त्री देउवाले भने, ‘अब आउने स्थानीय तहको चुनावलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु । गत चुनावमा पनि सशस्त्र प्रहरीको भूमिका अग्रणी थियो ।’
उनले भने, ‘आन्तरिक चुनौतिलाई सामना गर्न सकेकोमा प्रशंसा गर्छु । नेपालमा संकट आइपर्दा राष्ट्रसेवकले महत्वपूर्ण भूमिका नीर्वाह गर्दै आएका छन ्। चाहे भूकम्प होस् वा बाढी पहिरोलगायतमा ।’ राष्ट्र सेवकको वृद्धि विकासमा सरकारले सहयोग गर्ने र सरकारले आवश्यक गृह कार्य गरिरहेको बताए । राष्ट्रिय सुरक्षाका रुपमा रहेको सीमा सुरक्षामा खटिएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिए ।
जनताको शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकारको रक्षा गर्न आवश्यक रहेको बताए । आर्थिक पारदर्शीतामा सशस्त्र प्रहरी बलको भूमिका प्रसंशीय रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्