६ हजार ४६२ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जना कोभिड १९ का संक्रमित थपिएका छन् ।
१७ हजार ४९७ नमुना स्वाबको परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ । यस्तै आइतबार ४ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो ।
बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उपत्यकामा थप ३,७९१ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका हुन् ।
देशभर आइतबार ७५ हजार ३७६ जना होम आइसोलेसनमा, र १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्