१२ वर्ष माथिका ५५ प्रतिशत बालबालिकाले लगाए पूर्ण खोप



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका ७९ प्रतिशतलाई पहिलो मात्रा लगाइएको छ ।
त्यस्तै ५५ प्रतिशतलाई दोस्रो वा पूरा मात्रा प्रदान गरिएको छ । खोप लगाउन जाँदा सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ । त्यस्तै १८ वर्ष माथिका ८४ प्रतिशतलाई पहिलो मात्रा र ६५ प्रतिशतलाई दोस्रो वा पूर्ण मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्