नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण



काठमाडाैँ : नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ।  ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र बाँकी ४ जनामा डेल्टा भेरियँछ देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको नमूना परीक्षणमा दुवै प्रकारको भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।  ‘पछिल्लो समय एस जिन पोजिटिभ भए पनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । याे समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्