४० लाख डोज मोर्डना खोप नेपाल आउँदै



काठमाडाैँ : १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि दिइने मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ। डा. सुरेन्द्र चौरासियाका अनुसार सो खोप सोमवार र मंगलवार नेपाल आइपुग्ने छ।

विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याक्ससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्न खोपसम्बन्धी विश्वव्यापाी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको थियो । विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्र्रतिकार्यका लागि यसअघि नै १० करोड  ४० लाख डलर उपलब्ध गराइसकेको छ । याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्