आर्सनल र लिभरपुल बराबरीमा रोकिए



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले १–१ गोलको बराबरी खेलेका छन् । गएराति आर्सनलको मैदानमा भएको खेलमा लिभरपुलका जेम्स मिल्नरले पहिलो गोल गरे । तर आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई २–१ ले हराउँदा एभर्टनले ब्राईटनलाई ३–१ ले पराजित गर्‍यो । यसैगरी टोटनह्याम हट्सपरले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–२ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले बर्नलेलाई ४–२ ले पाखा लगायो ।

गएराति लेष्टर सिटीले कार्डिफ सिटीलाई तथा न्यूकासल युनाईटेडले वाट्फोर्डलाई १–० ले पराजित गरे । 

प्रिमियर लिग फुटबलमा आज २ खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथ ह्याम्पटनसँग खेल्दा चेल्सीले क्रिष्टल प्यालेसको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्