भारतमाथि दक्षिण अफ्रीकाको क्लिन स्विप



काठमाडाैँ : दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय शृंखला ‘क्लिन स्विप’गरेको छ। प्रतिस्पर्धात्मक बनेको तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले शृंखला ३-० ले आफ्नाे पक्षमा पारेको हो।

२८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २८३ रनमा समेटियो। भारतका विराट कोहलीले सर्वाधिक ६५ रन जोडे । यस्तै शिखर धवनले ६१ रन बनाउदा दिपक चाहरले ५४ रनको योगदान गरे । दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३-३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउदै २८७ रनको योगफल तयार पारेको थियो ।दक्षिण अफ्रिकाका  क्विन्टन डी ककले १२४ रनको शतकीय इनिङ्स खेले। रस्सी भान डेर डुसेनले ५२ तथा  डेभिड मिल्लरले ३९ रनको योगदान गरे । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । यस्तै  दिपक चाहर र जस्प्रित बुम्राहले समान दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्