आहा रारा गोल्डकपमा आज संकटा र मच्छिन्द्र भिड्दै



काठमाडौँ : आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे यी दुई टोलीबीच प्रतिस्पर्धा हुने भएको हो । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्