साउनदेखी पुससम्म २ अर्बको प्याज नेपाल भित्रियो



काठमाडौँ : साउनदेखि पुससम्ममा २ अर्बको प्याज नेपाल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा भारतबाट उक्त मूल्यको प्याज नेपाल आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

सो अवधिमा ८ करोड २ लाख ८२ हजार किलो प्याज नेपाल भित्रिएको विभागले जानकारी दिएको छ । यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । नेपालमा भारतबाट वर्षेनी अर्बौँ रुपैयाँको खाद्यान्न भित्रने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्