कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि पहल सुरू



सुर्खेत : कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि पहल सुरू गरिएको छ । पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्बन्धी दीर्घकालीन रणनैतिक सुधार सम्बन्धी उच्चस्तरीय कार्यदल र मुख्यमन्त्री महेन्द्रबहादुर शाही बीच  आज भएको छलफलमा  पेट्रोलियम पदार्थ भण्डारण केन्द्रको आवश्यकता महसुस गरिएको छ ।  

अहिलेसम्म कर्णालीका कुनै ठाउँमा पेट्रोलियम पदार्थको भण्डारण नभएकोले सरकारले त्यसको पहल सुरू गरेको हो । टोलीसँगको भेटवार्ताकै बीचमा मुख्यमन्त्री शाहीले उद्योग, वाणीज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई फोन सम्पर्क गरी पेट्रोलियम पदार्थको भण्डारणको लागि जग्गा प्राप्तिको फाइल अगाडि बढाइदिनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्