पुस ८ गते फरार एकजना कैदी प्रहरी नियन्त्रणमा



काठमाडौँ : कर्तव्य ज्यान मुघामा सजाय भोगिरहेका एक फरार कैदी पक्राउ परेका छन् । दाङको घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले फरार कैदी यामराज परियारलाई भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका परियारको बारेमा जानकारी दिन आज अपरान्ह ४ बजे पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ । कारागारका नाइके समेत रहेका परियारलाई छालाको उपचार गर्न भनि प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएको तर उनीहरू अस्पताल नभई एक होटलमा गई त्यहीबाट फरार भएका थिए ।

प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो । भने कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो

प्रतिक्रिया दिनुहोस्