मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्न मोरिससको टिम नेपालमा



काठमाडौं । नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्न मोरिससको टिम नेपाल आइपुगेको छ । अफ्रिकी मुलुक मोरिससको सोमबार नेपाल आएको हो । आइपुगेको हो । उनीहरुलाई एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेका थिए ।
टोली नपाल आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारर्कीसँग कुरा मोरिसस फुटबल टिमका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताए ।
फान्कोइसले भने, “नेपालले माल्दिभ्समा सन्पन्न साफ च्याम्पियनसिपमा खेलेको भिडियो हामील हेरेका छौं । नेपाल बलियो प्रतिद्वन्द्वी हो । नेपालविरुद्धको यो मैत्रीपूर्ण खेलले हामीलाई अफ्रिकन कप अफ नेसन्स छनोट प्रतियोगिता खेल्न फाइदा पुग्ने विश्वास लिएका छौं । त्यसकारण पनि हामीलाई यो दुई खेल महत्वपूर्ण छ ।”
मरिसस र नेपालले माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने छ । मोसिसका प्रशिक्षक फ्रान्कोइसले आफ्नो टिमको एक महत्वपूर्ण खेलाडी कोभिड–१९ संक्रमणका कारण नेपाल आउन नपाएको बताए ।
मोरिससविरुद्धको खेलका लागि नेपालमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि ३४ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ ।
नेपाली टोलीका पनि नियमित फरवार्ड नवयुग श्रेष्ठ घाइते भएका छन् । त्यस्तै आयुष घलान पनि टिमबाट बाहिरिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्