देउवालाई हिजो ज्ञानेन्द्रले उचाले आज प्रचण्डः एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो मोहरा बनाएको आरोप लगाएका छन् ।
पाँच दलीय गठबन्धनले आइतबार बसेको बैठकबाट आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै देउवाकै कारण २०५८ सालमा प्रतिगमन भएको जिकिर गरेका छन् ।
त्यही प्रसंगलाई लिएर महासचिव पोखरेलले देउवामाथि आक्रोश पोख्दै अहिले प्रचण्डको मोहरा बनेको आरोप लगाएका हुन् ।
‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो’, पोखरेलले लेखेका छन्, ‘आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।’

प्रतिक्रिया दिनुहोस्