नेप्से आज सय अङ्कले घट्यो



काठमाडौँ : कारोबारको दोस्रो दिन आज शेयर बजार परिसुचक नेप्से १ सय अङ्कले घटेको छ । आज सबै समुहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ ।

आइतबार झण्डै १९ अङ्कले घटेको नेप्से आज एक सय दशमलब १० अङ्कले घटेर दुई हजार ८ सय २० दशमलव ४१ बिन्दुमा पुगेको छ । साथै आज  दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आज कर्णाली विकास बैंक र माउन्टेन हाइड्रोको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्