जिल्ला प्रशासन कार्यालय बर्दिया बन्द



बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दिया माग १५ गतेसम्मका लागि बन्द भएको छ । २१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय १५ गते शनिबारसम्मका लागि बन्द भएको हो  ।

सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत सहित अन्य कर्मचारी संक्रमित भएका छन् । भने प्रमुख जिल्ला अधिकारी संक्रमित भएका छैनन् । संक्रमित भएकाहरू होम आइसोलेसन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्