मन्त्री यादवको पक्षमा प्रदर्शन



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी महिला संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पक्षमा प्रदर्शन गरेको छ । माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले मन्त्री यादवमाथि गरेको दुव्र्यवहारको भन्दै महिला संघले प्रदर्शन गरेको हो ।

माघ ५ गते बलिदानी दिवस मनाउन गौर पुगेको मन्त्री यादवमाथि जनमत पार्टीका नेता कार्यकर्ताहरूले सुनियोजित ढंगले भाला, लाठी र अन्य घरेलु हात–हथियारको प्रयोग गरी हत्याको प्रयास गरेको संघको आरोप छ । संघले मन्त्रीमाथि भएको त्यस किसिमका दुव्र्यवहार रोक्न समेत माग गरे छ । संघले यस्ता किसिमका गैरराजनीतिक कार्य गर्नेहरुलाई तत्कालै कारबाही गर्न माग समेत गरेको छ ।
मधेस प्रदेशको जनकपुर, रौतहटलगायत विभिन्न स्थानमा सोमबार प्रदर्शन गर्दै महिला संघले मन्त्री लगायत महिला नेतृत्वकर्मीको सुरक्षाको माग समेत गरेका छन् । त्यस्तै, दुव्र्यवहार गर्नेहरुमाथि कारबाही गर्न संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्