झण्डै १८ लाख बालबालिकाले लगाए खोप



काठमाडौं । १२ देखि १७ वर्षसम्मका १७ लाखभन्दा बढी ९२ हजार ६३४ बालबालिकाले कोभिडविरुद्धको मोर्डना खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार माघ १० गतेसम्म सो संख्यामा बालबालिकाले मोर्डना खोपको पहिलो डोज लगाएका हुन् ।
सरकारले ५७ जिल्लाका बालबालिकालाई पुस ४ गतेदेखि विद्यालयमा नै केन्द्र बनाएर मोर्डना खोप दिएको थियो । सोही उमेरका बालबालिकालाई दिन सरकारले आज पनि थप १६ लाख ६० हजार डोज मार्डना खोप ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्