माओवादी नेता पुन स्वदेश फिर्ता, भने-महासचिवमा मेरो पनि दावेदारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफूले पार्टी महासविचका लागि दावेदारी गरेको बताएका छन् । करिब चार महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किएका पुनले भित्रुवन विमानस्थलमा संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
‘सबै तहमा समझदारीबाटै नेतृत्व चयन गरेका छौं,’ उनले भने, ‘सबै जिम्मेवारी सहमतिबाटै हुन्छ भन्ने मेरो विश्वास छ । मैले विगतमा सचिव भएर काम गरेको हुनाले महासचिवमा दावी मैले गरेकै हुँ नेताहरुसँग र सर्वाजनिक रुपमा पनि । तर, पनि छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’
पुनले आफू सहमति र प्रतिस्पर्धा दुवैका लागि तयार भएको समेत बताए। उनले भने, ‘सहमति हो भने म पनि मानिदिन्छु, प्रतिष्पर्धा हो भने म पनि सहभागि हुन्छु भनेर मैले आफ्नो कुरा राखेकै हो । मलाई विश्वास छ सहमतिबाटै टुंगिन्छ ।’

प्रतिक्रिया दिनुहोस्