सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा



कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजीनामा दिएका हुन् ।
विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन् ।
एमाले केन्द्रीय कमिटीले यसअघि नै सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो । २५ प्रदेशसभा सदस्य रहेको एमालेबाट समाजवादीमा १४ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । अहिले नेकपा समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । एमाले इतरका दलहरूले सरकार संचालन गर्ने तयारी गरेपछि शाह र गहतराजले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्