क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा



काठमाडाैँ : गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्यो।  जितसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ।

गए रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औँ मिनेटमा  निर्णायक गोल गरे। खेलमा दुबै टोली १० खेलाडीमा सीमित थिए । अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् । 

प्रतिक्रिया दिनुहोस्